कर्णालीमा दलित सशक्तिकरण ऐनको तयारी

सुर्खेत : कर्णालीमा दलित सशक्तिकरण ऐन २०७६ को लागि तयारी भइरहेको छ। कर्णाली प्रदेशको कुल जसंख्याको एक चौथाई जनसंख्याको हिस्सा ओगटेको दलित समुदायको हक अधिकारका लागि दलित सशक्तिकरण ऐन २०७६ बनाउने तयारी गरिएको हो। कर्णाली प्रदेशमा क्रियाशिल दलित अधिकारकर्मी र प्रदेशसभाबाट दलित समुदायबाट प्रतिनिधित्व गर्ने सांसदको सक्रियतामा सो ऐन बनाउन लागिएको हो। दलित समुदायका हक […]

Continue Reading

पूर्वराज्यमन्त्री एवं सुर्खेती नेता तप्तबहादुर बिष्ट जब आकाशमै बेहोस भए

काठमाडौँ — बुद्ध एयरको एटीआर विमान नेपालगन्जबाट काठमाडौंतिर उडिरहेको थियो । नारायणीदेखि उत्तरपश्चिमको पहाडमाथि आकाशमा पुग्दा विमान १५ हजार ५ सय फिट उचाइमा थियो । जहाजभित्र एयरहोस्टेस कृति झा र सुरक्षा अधिकारी यात्रुलाई पानी बाँड्दै थिए । जहाजको मध्यभागमा एक यात्रु एक्कासि बेहोस भएपछि खैलाबैला भयो । १३ नम्बरको सिटमा बसिरहेका ती यात्रु थिए, सुर्खेतका ६० वर्षीय तप्तबहादुर बिष्ट […]

Continue Reading

बाढी-पहिरोपीडितलाई तीन लाख दिने कर्णाली मन्त्रिपरिषद्‍को निर्णय

सुर्खेत : कर्णालीमा बाढी र पहिरोका कारण पीडित भएका परिवारलाई प्रदेश सरकारले राहत उपलब्ध गराउने निर्णय गरेको छ। अविरल वर्षापछि प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिरोका कारण धनजनको क्षति भएको छ। यही क्रममा प्रदेश सरकारले मृतकका आफन्त र घरबारविहीन भएका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो।     बिहीबारको मन्त्रिपरिषद् बैठकले पीडितलाई आवश्यक राहत […]

Continue Reading

अहिलेसम्म प्रशासनिक संरचनामै अल्झिएका छौं : मुख्यमन्त्री शाही

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार अहिलेसम्म प्रशासनिक संरचना पूरा गर्नमै अल्झनुपरेको बताए। राजधानी आयोजित एक साक्षात्कारमा बोल्दै मुख्यमन्त्री शाहीले यही अल्झनकै कारण प्रदेश सरकार विकास निर्माणका काममा अगाडि बढ्न नसकेको प्रष्ट पारे। तीन तहको प्रशासनिक संरचनाले पूर्णता नपाउँदा जनताको अपेक्षा पूरा गर्न नसकिएको उनले बताए। ‘विकास जुन गतिमा बढ्नुपथ्र्यो बढेको छैन’, उनले […]

Continue Reading

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अन्तर्राष्ट्रिय व्यावसायिक सम्मेलन सुरु

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा व्यावसायिक प्रबद्र्धनका लागि सातवटै प्रदेशमध्ये अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक सम्मेलन भएको हो । कर्णालीका जडिबुटी, फलफूल तरकारी तथा कृषि उपजको सहज अन्तर्राष्ट्रिय व्यापार र व्यावसायिक बन्न देखिएका चुनौतीका बारेमा छलफल गर्न कर्णालीमा दुई अन्तर्राष्ट्रिय व्यावसायिक सम्मेलन भएको कर्णाली सरकारले जनाएको छ । विश्वमै जल्दोबल्दो मुद्दाका रूपमा लिइने व्यावसायिक व्यवस्थापन तथा आर्थिक रूपान्तरणमा […]

Continue Reading

कैलालीको तोलीगाउँमा कर्णाली नदीको कटान शुरु

कैलालीको टीकापुर नगरपालिका–८ श्रीलङ्कास्थित तोलीगाउँमा कर्णाली नदीले जमीन कटान शुरु गरेको छ । पहाडी क्षेत्रमा भइरहेको निरन्तरकाे वर्षाका कारण कर्णाली नदीमा पानीको सतह बढेपछि नदी कटान तीव्र भएको हाे। किसानले लगाएको उखु, तिल, मासलगायत बालीसमेत कटान गरेको छ । विगतका वर्षमा वर्षायाम सकिएर नदीमा पानीको सतह घट्ने बेला कटान हुने गरेको भए पनि यसवर्ष वर्षायामको […]

Continue Reading

कर्णाली एयरलाइन्स’ यसै बर्ष देखि संचालमा ल्याउने तयारी

सुर्खेत, २३ जेठ । कर्णाली प्रदेश सरकारले आफ्नै एयरलाइन्स सञ्चालनको तयारी गरेको छ। प्रदेश सरकारले बुधबार संसद्मा प्रस्तुत गरेको आव २०७६/७७ को नीति तथा कार्यक्रममा ‘कर्णाली एयरलाइन्स’ सञ्चालन योजना सार्वजनिक गरेको हो। अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ । यो प्रदेश भौगोलिक रूपमा विकट हुनुका साथै सडकको सहज पहुँच छैन। एयरलाइन्स सञ्चालनका लागि आगामी आव […]

Continue Reading

यस्तो छ कर्णाली प्रदेशको नीति तथा कार्यक्रम

सुर्खेत : कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०७६/७७ को लागि आफ्नो नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ। प्रदेश सरकारको तर्फबाट बुधबार प्रदेश प्रमुख दुर्गाकेशर खनालले कर्णाली सरकारको नीतितथा कार्यक्रम प्रस्तुत गरेका हुन्। नीति तथा कार्यक्रममा कर्णाली सरकारले पूर्वाधार विकास, पर्यटन, कृषि, स्वास्थ्य शिक्षा र ऊर्जालाई विशेष प्राथमिकता पारेको छ। पूर्वाधार विकासमा पछि परेको कर्णाली […]

Continue Reading

ह्विलचियर विश्व यात्री कालिकोटमा

कालिकोट : ह्विलचियरको साथमा कर्णाली भ्रमणमा आएका ओखलढुंगाका विश्व यात्री तेजबहादुर कार्की कालिकोट पुगेका छन्। कर्णाली पुगेर उनले राजमार्ग निकै डर लाग्दो भएको बताए। कर्णालीको मुगु, रारा ताल, जुम्लाहुँदै कालिकोटको सदरमुकाम मान्म बजार आएका कार्कीले मुगुदेखि कालिकोटसम्मको सडक निकै डर लाग्दो रहेको बताए। करिब दुई दशक अघि गाडी दुर्घटनामा दुईवटै खुट्टा गुमाएका कार्कीलाई कालिकोटको सदरमुकाम […]

Continue Reading