के तपाइलाइ लामाे कपाल मन पर्छ ? यस्ता छन् कपाल लामाे बनाउने घरेलु उपाय

स्वास्थ्य

कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् । तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ ।

प्याजमा भएको एन्टी ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउनाले झर्ने समस्या हट्छ । यदि तपाईं कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसबाट बनेको हेयरप्याक प्रयोग गर्न सकिन्छ । त्यसैले सजिलै घरमा बनाउन सकिने प्याजको हेयरप्याकको बारेका जानौं :

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

थप जानकारीः

कपाल स्ट्रेट बनाउने घरेलु उपाय

प्रायः मनिसहरुको आफ्नो कपाल राम्रो बनाउने सोख हुन्छ । कसैलाई लामो कपाल मन पर्छ भने कसैलाई छोटो र कसैलाई घुमेको कपाल मन पर्छ भने कसैलाई शिल्की परेको । यसैका शिलशिलामा प्राय महिलाहरु पार्लर धाइरहेका हुन्छन् ।

हामी सबैले आफ्नो कपाल लामो र सिल्की होस् भन्ने चाहना हुन्छ । अब कपाल स्ट्रेट बनाउन पार्लर धाइरहनुपर्दैन । घरमा नै घरेलु सामाग्री प्रयोग गरी आफ्नो कपाल स्ट्रेट गराउने केही घरेलु उपायहरु पनि छन् । यसैका लागि कयौं खर्च गर्नुपर्छ । आउनुहोस् घुमेको कपाललाई सिधा बनाउने केहि घरेलु उपाय जानौ ।

दूध र महको प्रयोग – आधा कप दूधमा दुई चम्चा मह मिसाउने । अझै राम्रो बनाउन केरा पनि मिसाउन सकिन्छ । केरा दूध र महको लेप बनाएर कपालमा लगाउने । यसलाई आधा घण्टा सम्म राख्ने र पछि स्याम्पु लगाएर सफा गर्ने ।

नरिवल र निम्बुको पेष्ट – नरिवललाई पिसेर त्यसमा नरिवलकै दूध मिसाउने अनि कागती हालेर ब्रशले कपलाको रेशा रेशामा लगाउने । अनि १ घण्टा पनि चिसो पानीमा स्याम्पु लगाएर पखाल्ने । यसो गर्नाले पनि कपाल नरम र सिधा हुन्छ ।

तातो तेलले मालिस गर्ने – नियमित रुपमा नुहाउनुभन्दा केहि समयअघि तातो तेलले मालिस गर्ने । मलिस गर्ने बेलामा नरिवलको तेलमा ओलिभ वाईल मिसाउने । केहि बेर पछि तउलियालाई तातो पानीमा भिजाउने र केहि समयपनि तउलिया निचोरेर ४५ मिनट सम्म कपालमा बेरेर राख्ने । त्यस पछि स्याम्पु लगाएर पखाल्ने यसो गर्नाले कपाल सिल्कि र नरम हुन्छ ।

दूधको स्प्रे – दूधलाई एउटा स्प्रे बोतलमा राख्नुस अनि कपालमा स्प्रे गर्नुस् । यसो गरेर आधा घण्टा सम्म राख्नुस र पखाल्नुस् । यो बिधिले कपाल नरम,चिप्लो र चम्किलो हुन्छ ।

ओलिभ वाईल र अण्डाको प्रयोग – दूईवटा अण्डा फुटाएर फिट्नुहोस र त्यसमा ओलिभ वाईल मिसाउनुस । यस्तो मिक्सलाई कपालमा लगाउनुहोस् र एक घण्टा पछि स्याम्पु लगाएर पखाल्नुस् । यसले कपाल नरम र शिल्की बनाउँछ ।

कागती, तेल र नरिवल – कागती, दुई चम्चा तोरीको तेल र एक कप नरिवलको तेल मिलाएर बिस्तारै हातले कपालमा लगाउनुहोस् । यसले कपाललाई सिधा गर्न मद्दत गर्छ । यो मिश्रणलाई कपालमा राम्रोसँग लगाएर प्लास्टिकले छोपेर २ घन्टासम्म छाडिदिनुहोस् । र त्यसपछि तातो पानीले धुनुहोस् ।

Leave a Reply