साफ यु-१५ च्याम्पियनसिप : ‘गर या मर’ को अवस्थामा भिडदै नेपाल

खेलकुद

पाँचौ संस्करणको यु-१५ मा शीर्ष २ मा पर्नको लागी आज नेपालले डिफेन्डिङ च्याम्पियन बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। भारतको कल्याणीमा जारी प्रतियोगितामा नेपाललाई शीर्ष २ को संभावना बनाउन जितको बिकल्प छैन्। ३ः१५ बजे हुने खेल नेपाली टिमका लागी ‘गर या मर’को अवस्था छ। २ खेलबाट ३ अंक जोडेको नेपाल गोल अन्तरको आधारमा श्रीलंकालाई पछि पार्दै समुहको तेस्राे स्थानमा छ। दक्षिण एसियाका ५ राष्ट्र सम्मिलित प्रतियोगितामा ६ अंक जोडेको बंगलादेश गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ। शीर्ष स्थानको भारतको पनि ६ अंक रहेको छ। पहिलो खेलमा भारतसँग ५–० ले पराजित नेपालले दोस्रो खेलमा श्रीलंकालाई २–० ले हराएको थियो। बंगलादेशले भुटानलाई ५–२ र श्रीलंकालाई ७–१ गोल अन्तरले हराएको छ। आज नै पहिलो खेलमा भारत र श्रीलंका भिडदैछन्। चौथो संस्करणको प्रतियोगितामा पाकिस्तानलाई हराउदै बंगलादेशले उपाधि जितेको थियो।

यस संस्करणमा पाकिस्तानले सहभागिता जनाएको छैन। चौथो संस्करणमा नेपाललाई हराउँदै बंगलादेश समुहको शीर्षमा स्थानमा रहेर सेमिफाइनल पुगेको थियो। सेमिफाइनलमा भारतलाई टाइ व्रेकरमा हराएर बंगलादेश फाइनल पुग्दा नेपाललाई पाकिस्तानले हराएको थियो। अन्तिम खेलमा नेपालले भुटानको सामना गर्दा भारत र बंगलादेश आमने-सामने हुनेछन्। समिकरण यसो भए नेपाल शीर्ष २ मा आजको खेलमा श्रीलंकासँग भारत र नेपालसँग बंगलादेश पराजित भएको खण्डमा श्रीलंका र भुटान बाहेकका टोलीका लागि शीर्ष २ को होड खुल्ला हुनेछ। यदि यसको भएको खण्डमा अन्तिम खेलमा नेपालले जित निकाल्दा फाइनल पुग्नेछ। राउण्ड रोविनको आधारमा खेलाइने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन।

Leave a Reply