सुनको मूल्य एकैदिन १२ सय रुपैयाँ बढ्यो, प्रतितोला ७२ हजार ५०० मा कारोबार

समाचार

काठमाडौं : सुनको भाउ आइतबार एकैदिन प्रतितोला १२ सय रुपैयाँले बढेको छ । आइतबार छापावाल सुन प्रतितोला ७२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला १२ सय रुपैयाँले बढेर ७२ हजार २ सय रुपैयाँ पुगेको छ । पछिल्लो दुई दिनदेखि सुनको मूल्य स्थिर थियो । आइतबार चाँदिको मूल्य प्रतितोला ८ सय ५० रुपैयाँ निर्धारण भएको छ ।  

पछिल्लो सयम सुनको भाउ निरन्तर बढेपछि बजारमा क्रेता ज्यादै न्यून देखिएका छन् । तीज नजिकिंदैछ । यसबेला सुनको माग बढ्ने गर्छ । तर निरन्तर भाउ बढ्दा तीजका बेला गहना जोड्नेहरुलाई थप भार पर्ने भएको छ । सुनको मूल्य बढ्नुमा अमेरिका र चीनबीच बढ्दो व्यापार युद्ध मुख्य कारण रहेको व्यावसायीहरु बताउँछन् । नेपालमा सुनको भाउ अन्तर्राष्ट्रिय बजारका आधारमा निर्धारण हुन्छ ।

Leave a Reply