भालुको आक्रमणबाट किशोर गम्भीर

समाचार

नुवाकोट : भालुको आक्रमणबाट नुवाकोटमा एक किशोर गम्भीर घाइते भएका छन्  । भालुको आक्रमणबाट बेलकोटगढी नगरपालिकाका–११ का १६ वर्षीय प्रकाश तामाङ रहेको वेलकोटगढी–११ का वडाध्यक्ष रामहरि पाण्डेले जानकारी दिएका छन्। 

पाण्डेका अनुसार तामाङ बारीमा घाँस काट्न गएका बेला भालुले आक्रमण गरेको थियो । गम्भीर घाइते भएका तामाङको काठमाडौं महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

उनलको उपचारमा सहयोगका लागि वडा र नगरपालिका कार्यालयले सिफारिस गरेको वडाध्यक्ष पाण्डेले बताए । तामाङ स्थानीय वेलकोटभन्ज्याङ माविमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन् ।

Leave a Reply