लोक सेवाको विज्ञापनविरूद्ध बालुवाटार अगाडि प्रदर्शन

समाचार

लोक सेवा आयोगले स्थानीय तहका लागि खुलाएको विज्ञापनविरूद्ध प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि प्रदर्शन गरिएको छ।

नेपाल आदिवासी जनजाति महासंघ र आरक्षण बचाऔं अभियानले संयुक्त रूपमा बुधबार प्रधानमन्त्री निवास बालुवाटारस्थित ३ नम्बर गेटअगाडि प्रदर्शन गरेका हुन्।

आयोगले स्थानीय तहका लागि खुलाएको विज्ञापनअनुसार परीक्षासमेत भइसकेको छ।

संविधानअनुसार उक्त विज्ञापन समावेशी सिद्धान्तविपरीत गरिएको भन्दै विरोध भइरहेको छ।

Leave a Reply