कोटेश्वरमा प्रहरीको भ्यानले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु

समाचार

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट अनुगमनमा खटिएको प्रहरीको भ्यानले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ ।

गएराति महाशाखाको बा १ झ ७८६६ नम्बरको भ्यानले काटेश्वरबाट बालकुमारी आउने क्रममा आकाशे पुलमुनी एक यात्रुलाई ठक्कर दिएको थियो । भ्यानको ठक्करबाट गम्भीर घाइते भएका ती व्यक्तिकाे उपचारका क्रममा वीर अस्पतालको ट्रमा बुधबार बिहान मृत्यु भएको हो ।

मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ ।

Leave a Reply