२५० किमीभन्दा लामो दूरीका सवारी साधनमा अनिवार्य दुई जना चालक राख्नै पर्ने

समाचार

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लामो दूरीको यातायात सञ्चालनमा दुई जना चालक अनिवार्य राख्न यातायात व्यवसायीलाई निर्देशन दिएको छ। लामो दूरीका सवारी साधनमा एक जना चालक रहँदा दुर्घटना बढेको भन्दै २५० किलोमिटरभन्दा बढी दूरीमा दुई जना चालक अनिवार्य राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो। मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, ‘चार घण्टाभन्दा बढीको दूरीमा चल्ने सवारी साधनका यात्रीले आधा घण्टा आराम गर्नु पर्छ। र यातायात व्यवस्था ऐनको दफा १०४ मा ‘लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रीबाहक सवारीमा कम्तीमा दुई जना चालक अनिवार्य रुपमा राखी प्रत्येक ६ घण्टापछि पालैपालो सवारी चलाउने कर्तव्य यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक तथा सञ्चालकको हुने छ।’ यसैको आधारमा सबै सवारी धनी तथा व्यवस्थापकले यसको पालना गर्न मन्त्रालयले निर्देशन दिएको हो। यसको कार्यान्वयन नभए कारवाही गरिने मन्त्रालयले चेतावनी दिएको छ। सवारी साधनमा एक जना मात्र सवारी चालक राखेका कारण अत्याधिक दुर्घटना बढेको भन्दै मन्त्रालयले यस्तो कदम चालेको हो।


Source- Thahakhabar.com

Leave a Reply