पाचन प्रक्रिया गडबडी भए के गर्ने

समाचार

मानिसको शरीरमा सबैभन्दा बढी छिटो रोगले प्रवेश गर्ने स्थान भनेको पेट र फोक्सो हो । पेट र फोक्सोमा रोगका किटाणु सजिलै र प्रत्यक्ष रूपमा प्रवेश गर्दछन् । हावा जेजस्तो छ, त्यस्तै सिधै फोक्सोमा जान्छ । खाना पनि जे खायो सिधै पेटमा जान्छ । त्यसैले, यी कुरामा बढी ख्याल पु¥याउनुपर्छ । जीवनमा स्वस्थ रहनु भनेको शरीर स्वस्थ रहनु हो । शरीर स्वस्थ राख्नका लागि सबैभन्दा पहिले पेटको विशेष ख्याल राख्नुपर्छ । त्यो भनेको पाचन प्रक्रियामा गडबडी नआओस् भन्ने नै हो । पाचन प्रक्रियामा गडबडी आएमा जीवन आफैमा अस्वस्थ हुन्छ र स्वस्थ जीवन जिउने परिकल्पना नै गर्न सकिँदैन ।
पाचन प्रक्रिया असन्तुलित भयो भने सारा शरीर बिरामी हुन्छ । पेटबाटै चारैतिर रोग र समस्या फैलन थाल्छ । सरल खालका रोग पनि पेटबाटै फैलन्छन् भने जटिल र गम्भीर प्रकारका रोग पनि  पेटबाटै फैलन्छन् ।
जब रोग पेटमा पुग्छ, यसले सबैभन्दा पहिले पाचन प्रक्रियालाई अव्यवस्थित बनाउँछ । अनि सिंगो शरीरमा गडबडी पैदा हुन थाल्छ । पहिलो कुरा त खानामा निकै होस पु¥याउनुपर्छ । यदि त्यसो गर्दागर्दै पनि केही भइहालेमा निम्न उपाय अपनाउनु पर्छ ः
१. मेवाको निकै बढी सेवन गर्नु उपयुक्त हुन्छ । मेवामा एक खालको इन्जाइम हुन्छ, यसले प्रोटिनलाई टुक्य्राएर पचाउन निकै मद्दत गर्दछ । यसले विभिन्न प्रकारका भिटामिन र खनिजलाई पनि मिलाएर पाचन प्रक्रिया सहज बनाइदिन्छ ।
२. पाचन प्रक्रियामा सहयोग पु¥याउने अर्को खाद्य पदार्थ भनेको दही हो । दहीमा पाचन प्रक्रियालाई प्रत्यक्ष सहयोग प¥याउने एकखाले रासायनिक पदार्थ हुन्छ । तर, यो रासायनिक पदार्थ दुध भने पाइँदैन । मानिसहरूले दुध भन्दा दही मन पराउनु पनि यही कारणले गर्दा हो । यो रासायनिक पदार्थका कारण पेट दुखाइ, अपच, कब्जियत, ग्यास्ट्रिकलगायतका समस्याहरू कम हुन्छन् ।
३. यसपछिको अर्को सहयणेगी खाद्य पदार्थ भनेको केरा हो । रेसायुक्त हुनाले केरा केरा पाचन प्रक्रियाका लागि अति नै आवश्यक कुरा हो । यसले मानिसको पाचन प्रक्रियामा सहयोगी भूमिका खेल्ने स्वस्थकर ब्याक्टेरिया वृद्धि गर्ने भूमिका निर्वाह गर्दछ ।
४. पाचन प्रक्रियामा सहयोग प¥याउने अर्को खाद्य मसला हो, अदुवा । यसको प्रयोगले पाचन प्रक्रियामा निकै सुधार ल्याउँछ । अदुवाले शरीरलाई चाहिने इन्जाइम उत्पादनमा ठूलो भूमिका खेल्छ ।
५. त्यसै गरी स्याउ शरीरमा पाचन प्रक्रियालाई सहयोग गर्ने निकै महŒवपूर्ण फल हो । स्याउमा फाइबर वा रेसा निकै बढी हुन्छ । यसले पाचनसम्बन्धी समस्या भएका ठाउँमा पुगेर मलमको
काम गर्दछ ।
६. त्यस्तै गरी रेसा र इन्जाइम प्रशस्त पाइने अर्को फल हो, भुइँकटहर । यसले खाना पचाउन महŒवपूर्ण भूमिका निर्वाह गर्छ । एक्कासि अस्वस्थ भए र त्यो पनि पाचन प्रक्रियामा देखिएमा माथिका तरिकाहरू प्रयोग गरी शरीरलाई आराम दिलाउनुपर्छ । Source- rajdhanidaily.com .

Leave a Reply