आईसीसीकाे प्रतिबन्धपछि जिम्बाब्वेका खेलाडीहरु सित्तैमा खेल्न तयार !

खेलकुद

जिम्बाब्वेका खेलाडीहरुले आफ्नो देशको क्रिकेट जोगाउनका लागि सित्तैमा खेल्न तयार रहेको बताएका छन् ।

आईसीसीले हालै जिम्बाब्वे क्रिकेटलाई निलम्बन गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि प्रतिबन्ध लगाएको थियो । आईसीसीको आउँदो टी-२० क्वालिफायरका लागि सित्तैमा खेल्न खेलाडीहरु तयार रहेको खबर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

महिलाको टी-२० क्वालिफायर अगस्ट र पुरुषको क्वालिफायर अक्टोबरमा हुँदैछ । आईसीसीले प्रतिबन्ध लगाएकाले उनीहरुको यो प्रतियोगितामा सहभागिता अनिश्चित जस्तै छ । जिम्बाब्वे टिमका एक सिनियर खेलाडीले क्रिकइन्फोसँग कुरा गर्दै भने, ‘हाम्रो लक्ष्य आईसीसी टुर्नामेन्ट क्वालिफायर हो । त्यसका लागि हामीहरु सित्तैमा खेल्न तयार छौं ।’ 

आईसीसीले १८ जुलाईमा जिम्बाब्वे क्रिकेट बोर्डलाई प्रतिबन्ध लगाउँदै सहयोग पनि रोकेको छ । यसैगरी आईसीसीले आयोजना गर्ने कुनै पनि प्रतियोगितमा सहभागिता जनाउन नपाउने गरी प्रतिबन्ध लगाइएको हो । 

Leave a Reply