टाउको जोडिएका जुम्ल्याहा

स्वास्थ्य

यी दुई सफा र मरवाले कहिल्यै एकअर्कालाई देखेका छैनन्। यी दुवैको टाउको लामो ट्युबले जोडिएको छ। यस्तो जीवन कुनै मृत्युदण्डभन्दा कम पनि नभएको चिकित्सकको भनाइ छ। यस्तो जन्म धेरै कम मात्र हुने गरेको र आफूहरूले आजभन्दा पहिले कहिल्यै नदेखेको पनि उनीहरूले बताए।

दुवै जुम्ल्याहा बालिकाको टाउकाको ठूलो भाग एकअर्कासँग जोडिएको थियो। पाकिस्तानका यी २१ महिनाका जुम्ल्याहा दिदीबहिनीको शल्यक्रिया बेलायतको एउटा अस्पतालमा भयो। त्यहाँ चिकित्सकले उनीहरूको टाउको छुट्ट्याइदिएको छ। सबैभन्दा पहिले उनीहरूको दिमागको नसा अलग गरियो।

चिकित्सकको सानो गल्तीले पनि उनीहरूको ज्यान जान सक्थ्यो। तर कुशल चिकित्सकका कारण शल्यक्रिया सफलतापूर्वक सम्पन्न भयो। करिब ११ महिना अस्पतालमा बिताएपछि अब घर जानका लागि उनीहरू तयार भएका छन्।

Leave a Reply