अहिलेसम्म प्रशासनिक संरचनामै अल्झिएका छौं : मुख्यमन्त्री शाही

प्रदेश ६

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार अहिलेसम्म प्रशासनिक संरचना पूरा गर्नमै अल्झनुपरेको बताए। राजधानी आयोजित एक साक्षात्कारमा बोल्दै मुख्यमन्त्री शाहीले यही अल्झनकै कारण प्रदेश सरकार विकास निर्माणका काममा अगाडि बढ्न नसकेको प्रष्ट पारे।

तीन तहको प्रशासनिक संरचनाले पूर्णता नपाउँदा जनताको अपेक्षा पूरा गर्न नसकिएको उनले बताए। ‘विकास जुन गतिमा बढ्नुपथ्र्यो बढेको छैन’, उनले भने। संघीय सरकारका केही संरचना प्रदेश सरकारलाई हस्तान्तरण भएपनि कार्यालय मात्र हस्तान्तरण भएको तर कर्मचारी नभएको उनले बताए। 

तत्काल पाँच सय कर्मचारी नदिए काम गर्न नसक्ने समेत मुख्यमन्त्री शाहीले बताए। कर्मचारी अभावले काम गर्न नसकिएको भन्दै विना कुनै ढिलासुस्ती केन्द्रले कर्मचारी दिनुपर्ने उनको माग छ। 

कर्मचारी करारमा नियुक्ति गर्ने कानुनी व्यवधान रहेको र लोकसेवाले पनि ढिलासुस्ती गरिदिँदा समस्यामा परेको बताए। कर्मचारी समायोजनपछि अधिकांश कर्मचारीले कर्णाली रोज्न नमानेको भन्दै कर्मचारी अभाव भोगिरहेको उनले प्रष्ट पारे। 

‘कर्मचारी अभावले विकास निर्माणका काम अगाडि बढाउन नसक्दा जनताको अपेक्षा पूरा गर्न सकिएन’ उनले भने।  कर्णाली प्रदेशलाई केन्द्र सरकारले ९ अर्ब विकास बजेट मात्र विनियोजन गरेको भन्दै असन्तुष्टि समेत जनाए। source- http://annapurnapost.com

Leave a Reply