गोरखाको पालुङ्टारमा पहिरोमा पुरिएर १३ खसी बाख्रा मरे

प्रदेश ४ समाचार

गोरखा : घरमाथिबाट आएको पहिरो धन्सार पुरेपछि पालुङ्टार नगरपालिका ४ बड्डाँडा, सिमलखर्कमा १३ वटा खसीबाख्रा मरेका छन्। सोमबार राति भएको घटनामा लिलालराज देवकोटाको धन्सारमा रहेका खसी बाख्रा पुरिएर मरेको स्थानीय सरोज देवकोटाले जानकारी दिए। 

घटनामा इलाका प्रहरी कार्यालय ठाँटीपोखरीका प्रहरी र स्थानीयबासीले उद्दार गरिरहेका छन्। टोलीले भैंसी र पाडालाई भने जीवितै उद्दार गरिएको उनले बताए। देवकोटाको आरसीसी गरिएको घरको पछाडिको भाग पनि पुरिएको उनले बताए। 

Leave a Reply