च्याउ खाँदा जाजरकोटमा ७ जना बिरामी

समाचार

जाजरकोट ः जाजरकोटमा जंगलबाट ल्याएको च्याउ खाँदा ७ जना विरामी परेका छन् । जंगलबाट ल्याएको च्याउ खादा बारेकोट गाउँपालिका १, सिल्पाचौर घर भइ सदरमुकाम खलंगामा डेरागरी बस्दै आएका शान्त बुढा, रत्न बुढा, ओमप्रकाश बुढा, बिरामी परेका छन्। डम्बर पुन, शान्ति पुन, टकबहादुर पुन र तीलबहादुर थापा रहेका छन्। उनीहरुको जाजरकोट अस्पतालमा उपचार भइ रहेको अस्पतालका डाक्टर अमिन शाहले बताए । सातै जनाको स्वास्थ्य अबस्था सामान्य रहेको शाहले बताए। बारेकोट घरबाट खलंगा आउँदा फुलचाउँलीको लेकबाट रत्न बुढाले च्याउ टिपेर ल्याएको र शनिबार साझ पकाएर खाएका थिए। खाए लगतै उनीहरुमा बान्ता भएको थियो। जंगलमा जथाभावि उम्रेको च्याउ नखाना डाक्टर शाहले सबैमा अनुरोध गरेका छन्।

Leave a Reply