जनकपुरमा ग्याँस सिलिन्डर विस्फोट, तीन पसल जले

समाचार

धनुषा, ५ असार । जनकपुरधाम उपमहानगरपालिका–२, पदम चोकमा आठ वटा ग्यास सिलिन्डर विष्फोट भएका छन् । राति करिब साढे २ बजे सिलिन्डर विस्फोट भएर गोविन्द मिष्ठान्न भण्डारबाट सुरु भएको आगलागी अन्य दुई पसलमा पनि फैलिएको छ ।

प्रहरीका अनुसार विष्फोट हुँदा ३ वटा होटल जलेका हुन् । फ्रिजको तार सर्ट भएर आगलागी सुरु हुनसक्ने धनुषाका एसपी शेखर खनालले सरल पत्रिकालाइ बताए । 
नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिएको थियो । उपमहानगरपालिकाका दुई वटा र महेन्द्रनगरको एउटा दमकलको सहयोगमा बिहीबार बिहान करिब ५ बजे आगो नियन्त्रणमा आएको छ । 

क्षतिको पूर्ण विवरण आउन बाँकि छ ।

Leave a Reply