कर्णालीलाई २२९ रनको लक्ष्य

खेलकुद

काठमाडौं । सिद्धान्त लोहनीले अर्धशतक बनाएपछि प्रदेश नम्बर एकले जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशविरुद्ध २ सय २९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको प्रदेश नम्बर एकले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय २८ रन बनाएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रदेश एकका लागि घाइते हुनुपूर्व सिद्धान्त लोहनीले अर्धशतक बनाए । ९० बल खेलेका लोहनीले ७ चौकाको मद्दतमा ६३ रन बनाए । त्यसपछि उनी घाइते भएर पवेलियन फर्किएका थिए । फिरदोस अन्सारीले अबिजित ४५ रन बनाए ।
सन्नी पुनले ३४ रन बनाए । कप्तान पुष्प थापाले २९ रन बनाउँदा राजन मगरले १६, मिनस थापाले १३ रनको योगदान दिए ।
कर्णाली प्रदेशका प्रकाश जैसी, ललित प्याकुरेल र दिवान पुनले २–२ विकेट लिए । जितबिहिन कर्णाली चौथो खेलमा पहिलो जितको खोजीमा छ । यसअघिका दुई खेलमा पराजित प्रदेश एक पहिलो जित निकाल्ने रणनीतिमा छ ।

Leave a Reply