एकदिवसीय विश्‍वकपमा कसले कति पाउँछन् पुरस्कार राशि ?

खेलकुद

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता सुरू हुन अब १३ दिन बाँकी छ । इङल्याण्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुन लागेको विश्वकप करीब ४६ दिनसम्म चल्नेछ । 

११ स्थानमा सञ्‍चालन हुने विश्वकपमा लिग चरणअन्तगर्त ४५ खेल हुनेछन् । जेठ १६ गतेबाट सञ्‍चालन हुने लिगको उपाधि भिडन्त असार २९ गते हुनेछ । उक्त प्रतियोगिताबाट विश्‍वकपमा सहभागी १० राष्ट्रमध्ये उपाधि जित्ने टोलीको टुंगो लाग्नेछ । 

उपाधि जित्‍ने लक्ष्यसहित १० राष्ट्रले टोली घोषणा गरेर तयारी अन्तिम चरणमा पुर्‍याएका छन् । तयारी स्वरुप केही राष्ट्रले सिरिज खेलिरहेका छन् । प्रतियोगिताको मिति नजिएसँगै विभिन्न चर्चा परिचर्चाले विश्व क्रिकेट तातेको छ । सहभागी राष्ट्र र खेलाडीको चर्चा एकातिर छ भने अर्कोतिर उपाधि जित्नसक्ने टोलीबारे विभिन्न आँकलन भइरहेका छन् ।
 
यहाँ विश्वकपको विजेताले पाउने रकमबारे चर्चा गरिएको छ । 

एक अर्बभन्दा बढी पुरस्कार राशि

विश्वकपमा पुरस्कार राशी जम्मा १० मिलियन डलर अर्थात नेपाली रुपैयाँ एक अर्ब १२ करोड ४४ लाख ५० हजार छुट्‍याइएको छ । जसमध्ये विजेताले चार मिलियन डलर अर्थात नेपाली रुपैयाँ ४४ करोड ९७ लाख ८० हजार पुरस्कार पाउने छ । 

त्यसैगरी उपविजेताले २ मिलियन डलर अर्थात नेपाली रुपैयाँ २२ करोड ४८ लाख ९० हजार पाउनेछ । सेमिफाइलन पुग्‍ने टोलीले आठ सय हजार डलर अर्थात नेपाली रुपैयाँ आठ करोड ९९ लाख ५६ हजार पाउनेछन् । 

समूह चरणको विजेताले ४० हजार डलर अर्थात चार करोड ४९ लाख ७८ हजार पाउनेछ भने समूह चरण पार गर्नेले एक सय हजार डलर अर्थात नेपाली रुपैयाँ एघार करोड २४ लाख ४५ हजार पाउनेछन् । 

Leave a Reply