ट्याङ्करले फेरि मान्छे मार्यो

समाचार

काठमाडौं । ट्याङ्करले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बोक्ने  ट्याङ्करले किच्दा युवतीको मृत्यु भएको छ ।

बा ३७ प ११६६ नम्बरको मोटरसाइकलमा सवार कागेश्वरी मनोहरा नगरपालिकाको काँडाघारी बस्ने सुनिता खत्रीलाई ट्याङ्करले किचेको हो । २३ वर्षीया सुनिताको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक ४६ वर्षीय रामशरण केसी घाइते भएका छन् । उनको टमा सेन्टरमा उपचार भइरहेको छ । ट्याङ्कर चालक फरार छन् ।

काठमाडौं उपत्यकामा ट्याङ्करले मोटरसाइकल तथा स्कुटरलाई ठक्कर दिने र पैदलयात्रुलाई किच्ने क्रम बढन थालेको छ । .ट्याङ्करले यसअघि जोरपाटी, चावहील बालाजु, र कलंकी लगायतका स्थानमा किचेको छ ।

Leave a Reply