स्कुटी चोरी गर्ने व्यक्ति प्रहरीको फन्दामा

समाचार


भक्तपुर–महानगरीय प्रहरी वृत्त ठिमीले स्कुटी चोरी गर्ने कार्यमा संलग्न एकजनालाई पक्राउ गरेको छ । प्रहरीले मध्यपुर ठिमी नगरपालिका २ दुवाकोटबाट रोशन दुलाललाई पक्राउ गरेको हो ।
यही बैशाख २ गते उनले बोडेबाट नमराज खड्काको बा ५७ प ५४५२ नम्बरको स्कुटी चोरी गरेको आरोप लगेको छ ।

Leave a Reply