आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौती : प्रधानमन्त्री ओली

राष्ट्रीय

काठमाडौं । बालगुरु आदित्य दाहालको पुस्तक कलियुगको आदित्य एवं ज्योतिपथ पुस्तककाृ अंग्रजी संस्करणको आज विमोचन गर्दै प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौती भएको बताएका छन् ।

‘ज्ञान प्राप्तीका लागि स्रोत अनिवार्य छ,’ प्रधानमन्त्री ओलीले भने, ‘आदित्यमा बिना स्रोतको ज्ञान प्राप्त भएको छ । विज्ञानका लागि आदित्यको यो क्षमता असाधारण चुनौति हो ।’

प्रधानमन्त्री ओलीले नेपाल देव भूमि, तपो भूमि र ज्ञान भूमि भएकोल आदित्य जस्ता प्रतिभावानहरुको यहाँ जन्म भएको बताएका छन् ।

Leave a Reply